तराई सेवा समाज पोखरा द्वारा कुँडहर आधारभुत विद्यालयलाई सहयोग हस्तान्तरण ।
तराई सेवा समाज पोखरा द्वारा कुँडहर-१०, पोखरा स्थित, कुँडहर आधारभुत विद्यालयमा सहयोग हस्तान्तरण कार्यक्रम मिति २०७९/०३/१० गते शुक्रबारका दिन विद्यालयलाई ७ थान सिलिङ पंखा, १ थान किचन पंखा र प्राथमिक उपचारका आवश्यक सामाग्रीहरू हस्तान्तरण कार्यक्रम समपन्न भएको छ।
उक्त कार्यक्रमको अध्यक्षता विद्यालयका प्राधान अध्यापक श्री निलकण्ठ पाठकले गर्नु भएको थियो भने प्रमुख अतिथिको रूपमा तराई सेवा समाजका अध्यक्ष श्री उमेश कुमार मिश्र, विशेषा अतिथिको रूपमा विद्यालय संचालक समितिका अध्यक्ष श्री भरत के.सि. एवं समाजका सदस्यहरू श्री राम कुमार साह, श्री भुपेन्द्र शर्मा, श्री राम विश्वास साह, श्री कुमोद कुमार महतो, श्री ललन झा, श्री राजीव कुमार ठाकुर, श्री सुरेन्द्र मंडल, श्री आलोक कुमार गुप्ता, श्री संजिव कुमार झा, श्री त्रिभुवन पाण्डेय लगायत समाजका अन्य सदस्यहरू, बिद्यालयका शिक्षक शिक्षिका, अभिभावकहरू एवं विद्यार्थिहरूको उपस्थिति रहेको थयो ।उक्त कार्यक्रमको संचालन विद्यालयका शिक्षक श्री सोम बहादुर गुरूङ्गले गर्नु भएको थियो।
उक्त कार्यक्रममा समाजका सम्पुर्ण उपस्थित सदस्यहरूलाई विद्यालयका प्रधान अध्यापक श्री निलकण्ठ पाठकले खाता लगाएर स्वागत गर्नुको साथै विद्यालयका उप-प्रधान अध्यापिका श्रिमती मिना देवी गरूङ्गले स्वागत मन्तब्य राखेका थिए , त्यसैगरी विशेषा अतिथिको रूपमा उपस्थित विद्यालयका संचालक समितिका अध्यक्ष श्री भरत के.सि. ले आफनो मन्तव्य को क्रममा विद्यालयको आर्थिक अवस्था तथा आमदनीको स्रोत बारेमा धारणा राख्दै विद्यालय पुर्णरूपमा नेपाल सरकार र बिभिन्न दाताहरूको सहयोगमा निर्भर रहेको र तराई सेवा समाज पोखराको यस सहयोगले विद्यालयको भौतिक समरचनामा एउटा आयाम थपेको कुरा बताउनु भयो । कार्यक्रमको बिच बिचमा बिद्यालयमा अध्ययनरत दृष्टि विहिन छात्रहरू ले गित संगित प्रस्तुत गरेका थिए।
मन्तव्यकै क्रममा तराई सेवा समाजका अध्यक्ष श्री उमेश मिश्र ले समाजको गठन एवं यसको उदेश्यको बारेमा प्रस्ट पार्नुको साथै समाज विभिन्न समाजिक कृयाकलाप गर्नुको साथै आफुहरूपनि यस्तै सरकारी विद्यालयवाट शिक्षा आर्जन गरेको र यस विद्यालको छात्र एवं छात्राहरूको अवस्थाको बारेमा समाज भित्र कुरा राख्दा समाजका सम्पुर्ण सदस्यहरूले स्वस्फुर्तरूपमा सहयोगगर्ने निर्णय गरेको एवं वि.स. २०८० साल अषाढ मसान्त भित्र विद्यालयलाई अझै प्राथमिक उपचारका सामाग्रिहरू उपल्वध गराउने घोषणा गर्नु भएको थयो।
कार्यक्रमको अन्ततिर सहयोग सामाग्रीहरू हस्तान्तरण स्विकार गर्दै बिद्यालयका प्रधान अध्यापक श्री निलकण्ठ पाठकले विद्यालयका सम्पुर्ण वस्तु स्थिती बारे जानकारी गराउदै तराई सेवा समाज पोखरा परीवारलाई धन्यवाद दिनु भयो र आगामि दिनहरूमा यस्तै सहयोगी सघं संस्थाहरूवाट सहयोगका अपेक्षा राख्दै कार्यक्रम समापनको घोषणा गर्नु भएको थियो।
समाचारः राजीव कुमार ठाकुर
सदस्यः तराई सेवा समाज, पोखरा र
कार्यरत कार्यालयः CTEVT, पोखरा प्राविधिक शिक्षालय, फूलवारी-१२, पोखरा
उक्त कार्यक्रमका झलकहरूः
यो पनी पढनुहोस