CTEVT द्वारा सञ्चालित, ENSSURE परियोजना र CAN महासंघसंगको सहकार्यमा २०० जना लाई निःशुल्क तालिम।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (CTEVT) द्वारा सञ्चालित दिगो तथा सम्मानित रोजगारीका लागि सीप (ENSSURE) परियोजना कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघसंगको सहकार्यमा तपसील उल्लेखित विषयमा सीप तालिम (Workers’ Further Training) कार्यक्रम संचालन गर्न लागिएको हुँदा ईच्छुक व्यक्तिहरुले निम्न अनुसार अनलाइन दर्ता फारम भर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।

१) अनलाईन फारम भर्ने अन्तिम मिति: २०७८ फाल्गुन १८
२) तालिम हुने विषयहरु र आबश्यक संख्या:
१) Ethical Hacking – १०० जना
२) CCTV Installation and Repair – ८० जना
३) Printer Setup and Repair – २० जना
३) तालिम अवधि : १ महिना दिनको ४ घण्टा बिहान र बेलुका (९६ घण्टा)
४) तालिम हुने स्थान: काठमान्डौं, नेपाल
५) तालिमको लागि योग्यता:
१) उद्योग / व्यवसायमा कार्यरत कामदार वा स्वरोजगार व्यक्तिहरु
२) वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरु
३) कोविड-१९ महामारीको कारणले रोजगारी गुमाएका व्यक्तिहरु

Online Registration form: https://training.can.org.np/

* Only eligible candidates will be invited for the interview and the selected candidate will be informed of the training program.

CTEVT, ENSSURE AND CAN
CTEVT, ENSSURE AND CAN

थप जानकारीका लागि क्यान महासंघको वेबसाइट www.can.org.np मा हेर्नुहोस वा कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ), खुसिबु काठमाण्डौं, नेपालको सचिवालयमा सम्पर्क राख्नुहुन अनुरोध छ । फोनः ०१–४३८१०७०, ४३८२०९०, Email: info@can.org.np, URL: www.can.org.np

Also Read :SEE Exam Routine 2078-2079 (SEE Routine Class 10 NEB Exam)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here