तराई सेवा समाज पोखराको प्रथम अधिवेशन सम्पन्न ।
पोखरा । तराई सेवा समाज पोखराको प्रथम अधिवेशन पोखराको न्यूरोड अवस्थित होटल दिपसागरको वैठक हलमा मिति २०७८ फागुन २८ गते शनिवारको दिन सम्पन्न भएको छ । उक्त कार्यक्रममा तराई सेवा समाज पोखराको अध्यक्ष श्री पशुपती महतोको सभापतित्वमा प्रमुख अतिथि भु. पु. क्षेत्रिय स्वास्थ्य तथा छयरोग नरिर्देशक डा. प्रकाश मिश्र तथा अतिथिहरूमा वन विज्ञान अध्यन संस्थान पोखराका सहायक डिन डा. जित नारायण साह, गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक श्री राम विनय साह एवं पश्चिमाञ्चल ईन्जिनियरीङ्ग अध्ययन संस्थान लामाचौर पोखरा तराई सृजनसिल समितिका सचिव अविशेक ठाकुर लगायत समाजका कार्य समिति, सल्लाहकार समिति एवं उल्लेख्यमात्रामा समाजको सदस्यहरूको उपस्थिति रहेको थियो । सो कार्यक्रमको संचालन समाजका महासचिव उमेश कुमार मिश्राले गरेको थियो।
उक्त कार्यक्रममा अतिथिहरूलाई वन विज्ञान अध्यन संस्थानका प्राध्यापक श्री उदय कुमार सिंह र समाजका उप-सभापति श्रीमती शैलजा झाले स्वागत गरेका थिए। शुभकामना मनतव्यको क्रममा अतिथिहरूले आ-आफनो शुभकामना व्यक्तगर्दै समाजका सल्लाहकार समितिका सदस्य पोखरा विश्वविध्यालय शिक्षण अस्पतालका निर्देशक डा. दिपेन्द्र कुमार यादव ज्यूले समाजले गरेको कार्यको खुलेर प्रसंशा गरेको थिए। कार्यक्रममा समाजका कोषा अध्यक्ष श्री रामकुमार साहवाट २०७४ साल देखि आ.व. २०७७/०७८ आर्थिक विवरण एवं समाजका माहसचिव श्री उमेशकुमार मिश्राले आ.व. २०७६/०७७ र २०७७/०७८ को वार्षिक प्रगति विवरण एवं भावि कर्ययोजना प्रस्तुत गरेका थिए जुन सर्वसहमतिले पारीतभएको थियो ।
कार्यक्रमा प्रमुख अतिथि डा. प्रकाश मिश्रले समाजलाई विभिन्न क्षेत्रमा विस्तार गर्दै आउदोदिनहरूमा अझवढी प्रभावकारी भुमिका निर्वाहगर्ने भरोसा सहित आफनो मनतव्य राखेका थिए ।
त्यसैगरी अधिवेशनको दोस्रो चरनमा निर्वाचन समितिका संयोजक ई. रंजित कुमार गुप्ता एंव ई. विरेन्द्र प्रसाद मंडल, प्राध्यापक उदय कुमार सिंह, श्री पशुपती महतो, एवं श्री राजु पाण्डे द्वारा सर्वसहमतिले निम्नअनुसार १७ सदस्य कार्यसमिति च्यनगरी घोसना गर्नु भएको थियो ।
१. अध्यक्ष – उमेश कुमार मिश्रा
२. उपाध्यक्ष- सुमन गुप्ता
३. महासचिव – भुपेन्द्र शर्मा
४. सचिव – जागेश्वर मंडल
५. कोषाध्यक्ष – राम विश्वास साह
कार्यसमिति सदस्यहरु:
६. नि. व. अ.-पशुपति महतो (पदेन सदस्य)
७. ई. कुमोद कुमार महतो
८. कुमारी अपर्णा साह
९. अरविन्द कुमार यादव
१०. नरेश महतो
११. नरेन्द्र कुमार साह
१२. वामदेव झा
१३. प्रदिप कुमार गुप्ता
१४. सीता कुमारी साह
१५. अनिल कुमार सिंह
१६. जयराम गिरी
१७. अल्पना ठाकुर
१८. आत्माराम साह
सल्लाहकारः
१. विरेन्द्र प्रसाद मंडल
२. ऊदय कुमार सिंह
३. सत्य नरायण मंडल
४. डा. दिपेन्द्र कुमार यादव
५. रमेश कुमार झा
६. ई. रन्जित कुमार गुप्ता
७. राम कुमार साह
कानुन सल्लाहकारः
१. राम बाबु मंडल
कार्यक्रमको अन्तमा नव निर्वाचित अध्यक्ष श्री उमेश कुमार मिश्रा ले कार्यसमिति सल्लाहकार समिति तथा समाजका अग्रज अभियान्ता ज्यूहरुले आफूप्रति विश्वास र भरोसा गरी नेतृत्व गर्ने अवसर र जिम्मेवारी प्रदान गर्नुभएकोमा सबैमा कृतज्ञता प्रकट गर्दै समाज गठनको मर्म, भावना अनुसार उद्देश्य प्राप्तिका लागि नव निर्वाचित कार्यसमिति लगाएत पोखरामा बसोबास गर्ने सम्पूर्ण तराईवासी दाजुभाइ दिदीबहिनीहरु एकजुट भएर लाग्नेमा आफू विश्वस्त रहेको बताउँदै अधिवेशन सफल तरिकाले सम्पन्नगर्न सहयोग गर्नुहुने सम्पूर्ण महानुभावरुलाई एकमुष्ठ धन्यबाद दिँदै कार्यक्रमको समापन गर्नुभयो।
समाचारः राजीव कुमार ठाकुर
उप-प्रंमुख, CTEVT, पोखरा प्राविधिक शिक्षालय, फूलवारी-१२, पोखरा
Download Nepali Unicode Romanized and Traditional