तराइ सेवा समाज पोखराद्वारा रक्तदान कार्यक्रम सम्पन्न ।

पोखरा । तराइ सेवा समाज पोखराद्वारा आठौं बार्षिक उत्सवको उपलक्ष्यमा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममार्फत ५६ युनिट रगत संकलन गरिएको जानकारी समाजका अध्यक्ष ई. कुमोद कुमार महतोले दिनुभयो।

 

समाजले मितिः २०८३ असोज १० गते शनिवारको दिन खुल्ला रक्तदान कार्यक्रमको आयोजना नेपाल रेडक्रस सोसाइटी, प्रदेश कार्यालयको भवन, सृजनाचोक पोखरामा समपन्न भएको थियो । उक्त कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य राख्दै समाजका उपाध्यक्ष सिता कुमारी साहले तराई सेवा समाज पोखराले आफ्नो बार्षिक कार्यतालिका अनुसार सामाजिक तथा मानवीय कार्यहरू जस्तै रक्तदान, शैक्षिक तथा खाद्यान्न सामग्री वितरण, र विद्यालयहरूलाई सहयोगलगायतका कार्यक्रमहरू गर्दै आएको उनले जानकारि दिए ।

उक्त कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल टेलिकम प्रा.नि. पोखराका निर्देशक श्री निरोल प्रसाद कोजुले रक्तदान केवल रगत दिने कार्य नभई मानव जीवन बचाउने महान् कर्म भएको उल्लेख गरे। “हामीले दिएको एक युनिट रगतले दुर्घटनामा परेका, उपचाररत, वा जटिल रोगसँग जुधिरहेका व्यक्तिहरूको जीवन बच्न सक्छ,” उनले भने।  रगत कुनै प्रयोगशालामा उत्पादन गर्न नसकिने भएकाले स्वस्थ व्यक्ति स्वयंले स्वेच्छाले दिनुपर्ने बताए। “यो समाजप्रतिको जिम्मेवारी, सहयोग र साहसको प्रतीक हो,” उनले जोड दिए। साथै, रक्तदान गर्न सक्ने अवस्थामा रहेका सबैलाई नियमित रूपमा यस्तो अभियानमा सहभागी हुन आग्रह गरे।

सो अवसरमा बोल्दै पुर्वाचल सेवा समाजका अध्यक्ष बालकुमार लुईटेलले संस्थाले रक्तदान कार्यक्रमको आयोजना गरी पुन्यको काम गरेको उल्लेख गरे ।रक्तदान गर्नु जीबन दान गर्न सरह भएको उल्लेख गर्दै उनले यो कार्यक्रमले संस्थाकोतर्फबाट सामाजिक क्षेत्रमा अर्को इट्टा थपे सरह भएको बताए । रक्तदान गर्नु आफैमा स्वस्थ रहेको पहिचान दिनु पनि रहेको बताउँदै लुईटेलले संस्थाले राम्रो काम गर्दै आएकोप्रति खुसी व्यक्त गरे ।

कार्यक्रममा बोल्दै समाजका पुर्व सल्लाहकार बिरेन्द्र प्रसाद मंडलले भने-‘हामीले दिने एक पोका रगतले बिरामीको ज्यान जोगीन्छ, शरीरमा भएका रगतको केहीमात्रा हरेक तीन महीनामा खेरजाने हुँदा सबैले रक्तदान गरेर जीबन दान गरौं उनले बताए ।

समाजका पुर्व अध्यक्ष उमेश मिश्राले समाजले गरेको रक्तदान जीवनदान जीवनदान महादान जस्तो कार्यक्रम महत्वपूर्ण सामाजिक कार्यक्रम रहेकोले आगामी दिनहरुमा समेत यस्तै सामाजिक कार्यहरुलाई निरन्तरता दिने छन् भन्ने पुर्ण आशा एवं भरोसा रहेको जानकारी व्यक्त गर्नुभयो ।

समाजका अध्यक्ष ई. कुमोद कुमार महतोले सम्पुर्ण रक्तदाताहरूलाई धन्यबाद दिदै रक्तदान गर्नु कसैको ज्यान बचाउनु भएको उल्लेख गर्दै समाजले आफ्नो नियमित क्यालेन्डर अन्तरगत रक्तदान कार्यक्रमलाई निरन्तरता दिने बताए । रक्तदान कार्यक्रमलाई थप व्यवस्थित गर्दै अघि बढाउने उनले बताए । कार्यक्रममा रत्तदाताहरुलाई प्रमाण पत्र बितरण गरिएको थियो।

उक्तकार्यक्रममा समाजका सल्लाहकार लगायत सम्पुर्ण सदस्यहरूको उपस्थिति थियो भने कार्यक्रमको संयोजक संजिब कुमार झाले गरेका थिए भने  कार्यक्रम सञ्चालन समाजका महासचिव अनिल सिहले गरेका थिए । नेपाल रेडक्रस सोसाइटी कास्की-पोखरा प्रादेशिक रक्तसञ्चार सेवाका  प्राविधिक प्रमुख श्री महेन्द्र केसीज्यूले रक्तदान कार्यक्रमलाई सहजिकरण गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here