कोपिला नेपाललाई तराई सेवा समाज पोखराको सहयोग ।

कोपिला नेपाललाई तराई सेवा समाज पोखराको सहयोग । पोखरा महानगरपालिका वडा ६ लेकसाइड स्थीत कोपिला नेपाललाई खाद्यान्न तथा शैक्षिक सामग्री सहयोग प्रदान गरेको छ । सहयोग हस्तान्तरण कार्यक्रम मिति २०८३/०४/१६ गते शनिबारका दिन कोपिला नेपाललाई ५ बोरा चामल, १२ लिटर खाने तेल, ४ दर्जन फ्रुटि, १ कार्टुन बिस्कुट, १० किलो दाल, ५ दर्जन कपि र पेन, ठुलो डस्टबिन १ थान लागयतका अन्य आवश्यक सामाग्रीहरु हस्तान्तरण कार्यक्रम समापन्न भएको छ।

उक्त कार्यक्रमको अध्यक्षता तराई सेवा समाज पोखराका अध्यक्ष श्री कुमोद कुमार महतोले गर्नु भएको थियो भने प्रमुख अतिथिको रूपमा कोपिला नेपालका कार्यकारी निर्देशक बिना सिलवाल, विशेष अतिथिको रूपमा समाजका पुर्ब अध्यक्ष श्री उमेश कुमार मिश्रा, एवं समाजका पदाधिकारी एवं सदस्यहरू श्री राम कुमार साह, श्री संजय कुमार गुप्ता, श्री भुपेन्द्र शर्मा, श्रीमती बिन्दा यादव, श्रीमती ममता साह, श्रीमती सिता कुमारी,श्री बिकास कुमार ठाकुर, श्री राजीव कुमार ठाकुर, श्री चन्द्रेश्वर प्रसाद कुशवाहा, श्री विरेन्द्र प्रसाद मंडल, श्री सत्य नारायण मंडल, श्री बजरंग साह, श्री नरेश कुमार महतो, श्री जागेश्वर मंडल। श्री प्रविन कुमार बानिया लगायत समाजका अन्य सदस्यहरूको साथै कोपिला नेपालका पदाधिकारीहरूको उपस्थिति रहेको थयो । उक्त कार्यक्रमको संचालन समाजका सचिव श्री अनिल कुमार सिहले गर्नु भएको थियो।

शुभकामना मन्तव्यमा आफ्नो भनाइ राख्दै कोपिला नेपालका प्रबन्धक निर्देशक बिना सिलवालले कोपिला नेपालले गर्दै आइरहेको कामहरूको बारे जानकारी गराउदै तराई सेवा समाज पोखरालाई सहयोगको लागि धन्यवाद दिएकी थिइन् । समाजका पुर्ब अध्यक्ष श्री उमेश कुमार मिश्राले तराई सेवा समाजको गठन एवं यसको उदेश्यका बारेमा प्रस्ट पार्नुको साथै तराई सेवा समाजले निरन्तर रूपमा यस्तै किसिमको विभिन्न समाजिक कृयाकलापहरू गर्दै आईरहेको जानकारी गराउनु भएको थियो।
कार्यक्रमको अन्तमा समाजका अध्यक्ष श्री कुमोद कुमार महतोले आफनो महत्वपुर्ण मन्तब्य राख्दै विभिन्न किसिमको हिंसामा परेका बालबालिकालाई संरक्षण र शिक्षा दिने काम गर्दै आएकोमा कोपिला नेपाललाई धन्यवाद दिदै तथा बालबालिका प्रति ठुलो योगदान दिएको भन्दै, आगामि दिनहरूमा यस्ता किसिमका सहयोगहरू प्रदान गर्ने बाचाका साथ कोपिला नेपालका कार्यकारी निर्देशक बिना सिलवाललाई सेवा प्रदान गर्ने अवसरको लागि विशेष धन्यबाद दिदै कार्यक्रमको समापन गर्नु भएको थियो।

कार्यक्रमको सुरूवात र अन्तमा कोपिला नेपालमा रहेका बालबालिकाहरूले हत्या, हिंसा, बलात्कार अन्त गर्नु पर्ने बोलका मन छुने गीत प्रस्तुत गर्नु भएको थियो ।
समाचारः राजीव कुमार ठाकुर
सदस्यः तराई सेवा समाज, पोखरा
कार्यरत कार्यालयः CTEVT, पोखरा प्राविधिक शिक्षालय, फूलवारी-१२, पोखरा
उक्त कार्यक्रमका झलकहरूः

तराई सेवा समाज पोखरा द्वारा कुँडहर आधारभुत विद्यालयलाई सहयोग हस्तान्तरण ।







